Header Ads

छुट्यो समुद्रको सबभन्दा ठूलो पानी जहाज (पहिलो यात्रामा सबभन्दा ठूलो जहाज)

जेष्ठ ३, २०७३- तस्बिरहरु : रोयटर्स
आजसम्मको सबभन्दा ठूलो पानीजहाज ‘हार्मोनी अफ दि सिज’ले आफ्नो पहिलो यात्रा सुरु गरेको छ । करिब १ बिलियन युरोको खर्चमा निर्माण गरिएको यो जहाजले फ्रान्सको सेन्ट नजारीबाट आइतबार पहिलो यात्रा सुरु गरेको हो ।
करिब दुई वर्षको समयमा निर्माण गरिएको यो १६ तले जहाजलाई बिदा गर्न समुद्री किनारमा हजाराैं मानिसहरु जम्मा भएको बताइएको छ । ३ सय ६२ मिटर लम्बाई र ६६ मिटर चौडाइ भएको यो जहाजले एकपटकमा ६ हजार ३ सय ६० यात्री र २ हजार १ सय चालक दलका सदस्य गरी ८ हजार ४ सय जनालाई बोक्न सक्छ ।

फ्रान्सबाट बेलायतको साउथ हेम्टनका लागि हिँडेको यो जहाज मे २२ मा स्पेनको बार्सिलोना बन्दरगाहमा पुग्ने बताइएको छ ।

श्रोत - कान्तिपुर समाचार
Powered by Blogger.