Header Ads

पत्रकार महासंघ युएईको वार्षिकोत्सव सम्पन्न , परियारलाई एफएनजे अवार्ड

युएई
१० पुस शुक्रवार ।
नेपाल पत्रकार महासंघ युएईले आफ्नो ८ औँ वार्षिकोत्सको अवसरमा युएईमा कृयाशिल एक संचारकर्मीलाई एफएनजे अवार्ड - २०१५ प्रदान गरेको छ ।

स्वदेशमा लामो समय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा २ वर्ष अघि युएई आएका मोरङका रामकुमार परियारलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
युएईको दुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति एवं महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला प्रमुख अतिथी महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल र विशेष अतिथिद्वय महासंघका केन्द्रिय प्रतिनिधि एकेन्द्र थापा र एनआरएन युएईका अध्यक्ष सुदिप कार्किले ले उक्त अवार्ड प्रदान गरेका हुन ।
महासंघले युएईमा रहि कलम चलाउने सक्रिय पत्रकारहरुको कृयाशिलतालाई मुल्यांकन गर्दै वर्षेनि एकजना पत्रकारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
दुबईको सिन्धपन्जाब रेस्टुरेन्टको कार्यक्रमहलमा आयोजित वार्षिकोत्सवमा युएईमा कार्यरत संचारकर्मी र संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्तिथि रहेको थियो ।
अवार्ड ग्रहण पश्चात् बोल्दै परियारले प्रवाशमा पत्रकारितालाई संगसंगै लैजानु चुनौतीपूर्ण भएको बताउँदै सहकर्मी , स्थानीय सामाजिक संघसंस्था र सम्पुर्ण नेपाली समुदायको सहयोगवाट कलम चलाउन उत्साह मिलेको बताए । उनले आफ्नो योगदानलाई मुल्यांकन गर्दै पुरस्कृत गरेकोमा नेपाल पत्रकार महासंघ युएईप्रती आभार व्यक्त गरे ।
स्वदेशमा करिब ७ वर्ष सक्रिय पत्रकारिता गरेर रोजगारीको शिलशिलामा दुई वर्ष अघि युएई आएका परियार युएईको पत्रकारितामा निक्कै सकृय छन् ।
महासंघको नेपाली संघसंस्थासंग अन्तरक्रिया
त्यसैगरी सोही कार्यक्रमको दोस्रो चरणमा युएईमा कृयाशिल नेपाली संघसंस्थाका प्रमुखहरुसंग "युएईको पत्रकारिता र संघसंस्थाको भुमिका" विषयमा अन्तरक्रिया भएको थियो ।
गैह्रआवसिय नेपाली संघ , आदिवासी जनजाती महासंघ , बिजनेस काउन्सिल , विभिन्न दलका प्रवाश संगठन , जिल्लागत रूपमा स्थापित सम्पर्क समितीहरु , यहाँ स्थापित व्यवसायीहरु एवं सरोकारवालाहरुसंग युएईमा पत्रकारिताको अवस्था , महासंघसंग राखिएको अपेक्षा , कमिकमजोरी , आगामी दिनमा खेल्नुपर्ने भुमिका जस्ता विषयमा दोहोरो छलफल भयो ।
संघसंस्थाका प्रतिनिधिहरुले युएईको पत्रकारिता निश्पक्ष र न्यायिक रहेको बताउँदै प्रशंसा गरेका थिए । केही संघसंस्थाका प्रतिनिधिले भने अझै पनि यहाँको पत्रकारिताले सबै नेपाली संघसंस्थाहरुलाई सम्बोधन गर्न नसकेको बताउँदै भोलिका दिनमा सबैलाई समेटेर जान सुझाएका थिए । कार्यक्रममा संघसंस्थाका प्रतिनिधिबाट आएका जिज्ञासा हरुलाई महासंघका केन्द्रिय प्रतिनिधिहरु भुपराज बस्याल , एकेन्द्र थापा , कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला र सचीव लक्ष्मण खनालले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा पत्रकार महासंघका केन्द्रिय प्रतिनिधिद्वय भुपराज बस्याल र एकेन्द्र थापा थिए भने सभापति महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला रहेका थिए । त्यसैगरी महासंघ युएईका कोषाध्यक्ष मेघराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने सचिव लक्ष्मण खनालले संचालन गरेका थिए ।

1 comment:

  1. समचार प्रकाशनका निम्ति आभारी छु ।

    ReplyDelete

Powered by Blogger.