Header Ads

एक गीत, एक गजल - सावित्र लुइंटेल घिमिरे

गीत
सुर्य जस्तै चम्किलो भै सधैं तिमी हाँस्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ रोएकीछन् मातृभुमी रगतको आँसु बगाई तिम्रै बाटो हेर्छिन सधैं ति ओठमा हाँसो जगाई मन भित्रको इर्‍श्या सबै भाइचारले मास्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ तेरो मेरो भन्नु भन्दा हाम्रो भन्नु पर्छ अब एकाताले बिशै पनि साँच्चै अमृत बन्छ तव देश माथि जेलिएको ऐंजेरु त्यो नाँस्नु पर्छ टुटेका ति सम्बन्ध लाई भावनाले गाँस्नु पर्छ

**********************************************
गजल बिवस्ता र बाध्यताका हुरी बतास कति कति गर्नै पर्छ प्रयास संधै आफ्नो मनले सके जति|| एक पछी अर्को गर्दै थपिदैछन अभिभारा कैले काहीं सोच्ने गर्छु लाग्छ यहाँ साँच्चै अति || यै बोलिले कैले काहीं आफ्नै पराई हुने रैछन् बिश्वासको पर्खाल नाघी छोड्न हुन्न कैले मति|| दु:ख कष्ट अंगालेर प्रयासमाछु अगी बढ्ने कहिले छोड्ने छैन रैछ समयले आफ्नो गति|| खुशी लाग्छ प्रिय बनी सबको काम आउन सक्दा गन्तब्यलाइ पछ्याई हिडे पक्कै हुन्न हाम्रो खति||

सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल

2 comments:

  1. बिवस्ता र बाध्यताका हुरी बतास कति कति
    गर्नै पर्छ प्रयास संधै आफ्नो मनले सके जति||

    गजल मन पर्यो।

    ReplyDelete
  2. सुन्दर श्रीजना भाबी श्री :)

    ReplyDelete

Powered by Blogger.