Header Ads

मोर्चाको आन्दोलनमा खर्च भएको ४४ लाखको बिल सरकारलाई

काठमाडौँ,२६ पुस । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाडौंमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ । २७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ ।
सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ रुपैयाँ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।
सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए ।
मोर्चाले व्यहोरेको ४४ लाख रुपैयाँको बिल सरकारले फस्र्योट गर्नुपर्ने मोर्चाले बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

श्रोत - ताजा खबर

No comments

Powered by Blogger.