Header Ads

बाबुरामले जनता र पार्टीलाई धोका दिए : टोपबहादुर

अर्घाखाँची : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले डा. बाबुराम भटराईले राष्ट्र, जनता, पार्टी र आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । 

देश र जनताका नेता भनिएका नेता भटराईले एमाओवादी छाडेर गम्भीर भुल गरेको बताउँदै रायमाझीले पाटी छाडेर जाने नेताले ठूलो दल नबनेको पनि दाबी गरे ।

उनले शेरबहादुर देउवा र बामदेब गौतमले पार्टी फेरेर फेरि पुरानै पार्टीमा फर्किएको उदाहरण दिँदै भटराईको नयाँशक्ति पनि बैद्य र बिप्लपहरुको जस्तै हुने टिप्पणी गरे ।
उनले सबैभन्दा ठुलो धोका सबैभन्दा बढी भोट दिएर जिताएका गोरखा मतदातालाई भट्टराईले दिएको र उनैका कारण त्यो क्षेत्र जनप्रतिनिधिबिहीन भएको पनि बताए । 

पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता बोलाउन सक्छाँै भन्नु स्वभाविक भएकाले पार्टीको नियमानुसार राम्रो काम गर्न नसके सरकारबाट जान सकिने उनको भनाइ थियो ।

श्रोत - अन्नपूर्ण पोष्ट

No comments

Powered by Blogger.