Header Ads

'अंग्रेजसँग नझुकेका नेपाली भारतसँग झुक्दैनन्'


]अर्घाखाँची: उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझिले अंग्रेजसँग नझुकेका नेपाली जनता भारतसँग नझुक्ने बताएका छन् । उनले संघीयताको बारेमा प्रस्ट पार्न नसक्दा सीमांकनमा समस्या उत्पन्न भएको बताए ।
 अर्घाखाँचीको सन्धिखर्कमा आज भएको संविधानको राष्ट्रव्यापी प्रचार कार्यक्रमलाई संबोधन गर्दै एमाओबादीका नेता समेत रहेका रायमाझीले जलस्रोतको धनी देश नेपाललाई लोडसेडिङमुक्त देस बनाउन उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए ।
उनले देस तथा विदेसका लगानीकर्ता खोजेर जलविद्युत्को उत्पादन गर्ने काम प्राथमिकताका साथ अगाडि बढाउने र उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए । उनले नेपालको संविधान देसका सबै बर्ग र जाति विशेषलाई समेटेर बनाएकाले विश्वकै उत्कृष्ठ भएको दावी गरे ।
 तराईका आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समस्या समाधान हुने दाबी गर्दै भारतले गरेको नाकाबन्दीलाईसरकारले गम्भिर रूपमा लिएको र भारतसँग सत्रुकोजस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको उनले बताए । 
 सभासद डा. दुमन सिंह थापाले देसमा अब आर्थिक क्रान्ती गर्नु पर्ने र जस्का लागि कृष उत्पादनलाई जोड दिनु पर्ने बताए ।

श्रोत - प्रेम आचार्य, अन्नपूर्ण पोष्ट

No comments

Powered by Blogger.