Header Ads

अवैधानिक कामदारले २०१५ को ३१ डिसेम्बर भित्र मलेसिया छाड्नुपर्ने

फोटो RNN

मलेसिया : मलेसियामा अवौधानिकरुपमा काम गरिरहेका अप्रावासी कामदारलाई मलेसिया सरकारले डिसेम्वर ३१ सम्ममा स्वदेश फर्कन समयसिमा तोकेको छ । 
यसै वर्षको जनवरीबाट ‘स्वेच्छिक घर फिर्ती कार्यक्रम’ ल्याएको मलेसिया सरकारले डिसेम्वर ३१ सम्मको समय सिमा तोकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 
विनाकागजात मलेसियामा काम गरिरहेका नेपालीलाई दूतावासले डिसेम्वर ३१ सम्म घर फर्किन आग्रह समेत गरेको छ । 
हालसम्म हजारौँ अवौधानिक नेपाली नेपाल फर्किसकेका दूतावास स्रोतले जनाएको छ । 
नेपाली दूतावास मलेसियाका अनुसार अवौधानिक रुपमा काम गरिरहेका नेपालीलाई घर फर्किन एकतर्फी यात्राअनुमतिपत्र दिइएको छ । 
यात्रा अनुमतिपत्र लिएका नेपालीले यहाँको अध्यागमनमा गएर आत्मसर्मपण गरी तोकिएको जरिवाना तिरेर नेपाल फर्किन सक्नेछन् । 
२०१३ जुलाईदेखि हालसम्म करिब ५६ हजार यात्रा अनुमतिपत्र वितरण गरिएको दूतावास श्रोतले जनाएको छ । 
सो यात्रा अनुमति पत्रको एक सय ६० रिंगेट शुल्क श्रमिकले बुझाउनु पर्ने हुन्छ । मलेसियामा रहेका अवौधानिक नेपाली कामदारलाई तोकिएको समयसीमाभित्र नेपाल फर्किन नेपाली दूतावासले गरेको आग्रहपछि यात्रा अनुमति पत्र लिन दूतावास पुग्नेको संख्या बढेको छ । 
मलेसियाबाट घर फर्कन चाहने अवौधानिक नेपालीलाई दूतावासले यात्राअनुमति पत्रमात्र दिने हँुदा समस्यामा पर्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।
यहाँको अध्यागमनसम्म पुग्न समस्या भएकाले अवौधानिक नेपाली श्रमिक दलालसँग पुग्दा घर फर्किन एक हजार आठदेखि तीन हजार रिंगेटसम्म तिर्न बाध्य भएका छन् । 
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका नेपाली रेष्टुरेन्टमा घर फर्किन लागेका नेपालीको संख्या बाक्लिएको गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष्य महेन्द्रजंग शाह बताउँछन् । 
‘दलालको जगजगी यसरी बडेको छ कि दूतावास परिसरमै झोला बोकेर विहान पुगे दलालले तान्न आउँछन्’, शाहले अन्नपूर्णसँग भने । 
नेपाली श्रमिकलाई घर फर्काउन दूतावासले यहाँको एक कम्पनीसँग गरेको सम्झौता खारेज गरेपछि नेपाली श्रमिक थप समस्यामा परेका छन् । 
नेपाली श्रमिकलाई न्यूनतम शुल्कमा घर फर्काउन आग्रह गर्दै गैरआवासीय नेपाली संघले दूतावासमा गरेको प्रस्ताव अस्विकृत भएको थियो । अध्यक्ष शाहले भने, ‘अवौधानीक नेपालीलाई घर फर्किन सहज बनाउनुको विकल्प छैन ।’

श्रोत - अन्नपुर्ण पोष्ट

No comments

Powered by Blogger.