Header Ads

विक्रमको " भगवानलाई दियो बाल्दा नि " बजारमा

रामकुमार परियार
६ पौष , सोमबार ।
प्रवाशमा संघर्षरत उदियमान लोकगायक विक्रम परियार "भगवानलाई दियो बाल्दा नि" गीत लिएर नेपाली सांगीतिक बजारमा प्रवेश गरेका छन् ।


लामो समयदेखी युएईलाई कर्मथलो बनाएका पोखरेली गायक विक्रमको यो पहिलो गीत हो । जसमा उनलाई स्थापित लोक गायिका कोपिला छिनालले साथ दिएकी छिन । ज्यान फालेर एकअर्कालाई माया गर्दा पनि नियतिले एक हुन नदिएको प्रसंगलाई गितमा मार्मिक रुपले प्रस्तुत गरिएको छ । मन्दिर धाएर भगवानलाई जति नै दियो बालेपनी विछोडिनु परेपछिको पिडालाई गितमा अभिव्यक्त गरिएको छ ।
हालै युट्यबबाट सार्वजनिक गरिएको उक्त गितको दृष्य शिव दर्शन डिजिटलले निर्माण गरेको हो । जसमा जीवन सेन्चुरी र गायत्री थापाले निर्देशन गरेका छन् । भिडियोमा कलाकारद्वय महेन्द्र र रन्जिताको अभिनय देख्न सकिन्छ ।
गायिका कोपिला छिनालको लय र शब्द रहेको उक्त गितको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । छ्यांकार रामेश्वर हुमागाई द्वारा खिचिएको भिडियोको सम्पादन जीवन सेन्चुरीले गरेका हुन ।

No comments

Powered by Blogger.