Header Ads

के क्यासलाई राखेर कम्प्युटरको क्षमता बढाउन मिल्छ ?

के क्यासलाई राखेर कम्प्युटरको क्षमता बढाउन मिल्छ ?
दयाराम, इमेलबाट
कम्प्युटरमा थुप्रै सब–सिस्टम हुन्छन् । तीमध्ये पनि थुप्रैका बीचमा क्यास राखेर कम्प्युटरको प्रदर्शनलाई सुधार्न सकिन्छ । एउटा उदाहरण : कम्प्युटरको सबैभन्दा द्रुत वस्तु माइक्रोप्रोसेसर हुन्छ, त्यसपछि एल वान, एल टु र मुख्य मेमोरी । मुख्य मेमोरीलाई छिटो बनाउन एल टु क्यास र एल टुका लागि एल वान क्यास । मुख्य मेमोरीलाई पनि ढिला उपकरण जस्तै: हार्डडिस्क र सीडीरोमका लागि क्यासका रूपमा प्रयोग गरिन्छ । सबैभन्दा ढिलो माध्यम इन्टरनेटलाई पनि क्यासीका रूपमा हार्डडिस्कलाई प्रयोग गरिन्छ । कम्प्युटरमा सबैभन्दा ढिलो लिंग्क इन्टरनेट कनेक्सन हुन्छ । त्यसैले ब्राउजर जस्तै: इन्टरनेट एक्सप्लोरर, नेटस्केप आदिले ज्त्:ी ट्यागलाई स्टोर गर्न हार्डडिस्कको प्रयोग गर्दै विशेष फोल्डरमा डाउनलोड गर्छन् । पहिलोपटक कुनै साइटको ज्त्:ी पेज खोल्दा ब्राउजरले पेजलाई रेन्डर गर्छ र हार्डडिस्कमा कपी गर्छ । दोस्रोपटक त्यही पेज खोल्दा ब्राउजरले हार्डडिस्क क्यासमा भएको फाइलभन्दा इन्टरनेटको फाइल नयाँ छ कि भनेर मिति जाँच गर्छ ।
मिति एउटै रहेछ भने ब्राउजरले हार्डडिस्ककै फाइलको प्रयोग गर्छ र नयाँ कुरा भए मात्र इन्टरनेटबाट डाउनलोड गर्छ । यो प्रक्रियामा सानो तर द्रुत मेमोरी सिस्टम हार्डडिस्क हो भने ढिला र ठूलो क्षेत्रचाहिं इन्टरनेट । एउटा सामान्य प्रश्न उब्जिन सक्छ, कम्प्युटरका सबै मेमोरीलाई लेभल वान क्यासीकै गतिमा राख्न सके अरू क्यासीको जरुरत नै पर्दैन भन्ने । यस्तो गर्न सके राम्रो हुन्थ्यो तर यसो गर्दा एकदमै महँगो पर्न जान्छ । क्यासिङपछाडिको रहस्य भनेको महँगो रकमको मेमोरीको सानो भागलाई प्रयोग गरेर सस्तो र ढिला मेमोरीलाई गति दिनु । कम्प्युटरलाई डिजाइन गर्ने क्रममा शक्तिशाली माइक्रोप्रोसेसरलाई सम्भव भएसम्म यसकै पूर्ण गतिमा सञ्चालन हुन सक्ने उपाय गरिन्छ । एउटा ५०० मेघाहर्जको चिपले एक सेकेन्डमा ५० करोड चक्र लगाउँछ (एक चक्र २ नानोसेकेन्डका दरले) । एल वान र एल टु क्यासीबिना मुख्य मेमोरीमा प्रवेश गर्न ६० नानोसेकेन्ड लगाउँछ, अर्थात् मेमोरीसम्म प्रवेश गर्दा माइक्रोप्रोसेसरको आफ्नो गति बराबरको ३० चक्र खेर जान्छ ।

श्रोत - साप्ताहिक
Powered by Blogger.