Header Ads

एसिड आक्रमणका जीवन बिकलाई १० वर्षको जेल सजाय

काठमाडौं–काठमाडौंको बसन्तपुरस्थित तीन किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ । विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला न्यायधीश हरिप्रताप केसीको इजलासले १० वर्ष कैद सजाय सुनाएको हो ।
फागुन १० गते बिहानै ट्युसन पढ्न गएका तीन छात्रामाथि उनले एसिड प्रहार गरेका थिए । सो घटनामा सिमा बस्नेत र हेमु मुखर्जी सामान्य घाइते भएका थिए भने संगीता पुलामीमगर गम्भिर घाइते भएकी थिइन् । राजधानीमा टोखामा बस्दै आएका जीवन बिक २६ दिनपछि पक्राउ परेका थिए । प्रहरी समक्ष २० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको बताएका थिए ।

श्रोत - रातोपाटी

No comments

Powered by Blogger.