Header Ads

मलेसियन कम्पनीले १ खर्ब ४० अर्बमा किन्यो एनसेल

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल मलेसियनन एक्जियटा ग्रुपले किनेको छ । दुबै कम्पनीबीच एक १.३७ बिलियन (करिब १ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) मा किनबेच सम्झौता भएको बताइएको छ ।
टेलियासोनेराले सोमबार विज्ञप्ती जारी गरी आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।
एक्जियटाले भाइजर समूहसँग रहेको १९ दशमलब ६ प्रतिशत सेयर समेत किनेको छ । उसले कम्पनीको ८० प्रतिशत सेयर आफ्नो स्वामित्वमा राख्ने भएको छ ।
वैदेशिक लगानीमा कम्पनी सञ्चालन गर्दा कम्तिमा २० प्रतिशत नेपाली नागरिकको लगानी हुनुपर्ने कानूनी प्रावधान अनुसार एक्जियटाले भावना सिंह श्रेष्ठलाई स्थानीय साझेदारको रुपमा छानेको छ । जस अनुसार यसअघिका स्थानीय साझेदार रहेका निरज श्रेष्ठले आफ्नो २० प्रतिशत सेयर भावना सिंहलाई बेचेका छन् ।
टेलियासोनेराले केही महिनाअघि यूरोप र एसियाली देशबाट लगानी फिर्ता गर्ने घोषणा गरेको थियो ।
मलेसियन कम्पनी एक्जियटा समूहले एसियाका विभिन्न देशमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।
श्रोत - रेडियो कान्तिपुर
Powered by Blogger.