Header Ads

​साफ च्याम्पियनसिपमा अफ्गानिस्तान र माल्दिभ्स विजयी


भारतमा जारी साफ च्याम्पियनसिप फुटवल अन्तरगत आज भएको खेलमा अफ्गानिस्तान र माल्दिभ्स विजयी भएका छन् ।
केरलाको त्रिभेन्द्रममा भएको पहिलो खेलमा माल्दिभ्सले भुटानलाई ३–१ गोल अन्तरमा पराजित गर्‍यो । खेलको नवौं मिनेटमा ईमाजको गोलबाट माल्दिभ्सले अग्रता लिएपनि २० औं मिनेटमा छिरिङ्ग दोर्जेले भुटानका लागि बराबरी गोल गरेका थिए । तर त्यसपछि माल्दिभ्स खेलमा हावी भयो । पहिलो हाफकै ३२ औं मिनेटमा अर्को गोल गरेको माल्दिभ्सले ७१ औं मिनेटमा थप गोल गरेको थियो ।
यस्तै आजै साँझ भएको अर्को खेलमा डिफेण्डिङ्ग च्याम्पियन अफ्गानिस्तानले बंगलादेशलाई ४–० गोल अन्तरमा पराजित गर्‍यो । एकतर्फी खेल पस्किएको अफ्गानिस्तानले पहिलो हाफमा ३ र दोस्रो हाफमा एक गोल गरेको थियो । आजको जितसँगै अफ्गानिस्तान गोल अन्तरका आधारमा शीर्ष र माल्दिभ्स दोस्रो स्थानमा उक्लिएका छन् । 
प्रतियोगितामा भोली समुह ए अन्तरगत आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । सोही समुहमा रहेको नेपाल भने हिजोको उद्घाटन खेलमा श्रीलंकासंग १–० ले पराजित भएको थियो ।
श्रोत - रेडियो कान्तिपुर

No comments

Powered by Blogger.