Header Ads

यी हुन् सलमानकी पहिलो प्रेमिका, कति युवतीसँग सम्बन्ध राखे ? (नामावली)

मुम्बई । आइतबारदेखि ५० औं वर्षमा लागेका बलिउड अभिनेता सलमान खानको जीवनकै ठूलो रहस्य खुलासा भएको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको जीवनकी पहिलो प्रेमिकाबारेको रहस्य खुलेको हो । उसो त अहिलेसम्म सलमानको जिन्दगीमा पाँच युवती आएका छन् । ती मध्ये चार जनाले दुनियाँ हल्लाए तर पाँचौंलाई सायद कसैले चिन्दैन् । यद्यपी जब सलमान मुम्बईको सेन्ट जेवियर केलजमा पढ्थे । तब उनको जीवनमा एक युवती शाहिन जाफरी आएकी थिईन् । उनी नै सलमानको पहिलो प्रेमिका थिईन् ।
शाहिन अभिनेता अशोक कुमारकी नातिनी हुन् । अशोक कुमारकी छोरी भारतीले अभिनेता सईद जाफरीका भाई हामिदसँग विहे गरेकी थिईन् । जसका दुई छोरी थिए जेनिव र शाहिन् । शाहिन एक प्राफेसनल मोडल थिईन् र सलमानकी पहिलो प्रेमिका । यो कुरा शाहिनकी भतिजी कायरले एक अन्तर्वार्तामार्फत खुलासा गरेकी हुन् । सलमान र शाहिन लामो समयसम्म एकसाथ बसेका थिए । त्यसपछि सलमानको जिन्दगीमा अभिनेत्री संगीता विजलानी आईन् ।
संगीता आएपछि शाहिनसँग सलमानको सम्बन्ध टुट्यो । शाहिन एक एयरलाइन्समा जागिर गर्न थालिन् । उसो त सलमान प्रेमसम्बन्धको ममलामा संगीता विजलानीसँग मात्रै सिमित भएनन् । संगीतापछि सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ र जरिन खानसँग पनि उनको सम्बन्ध रह्यो । सलमान अहिले रोमानियाकी टिभी स्टार लूलिया वन्तुरको प्रेममा छन् । (एजेन्सीको सहयोगमा)

श्रोत - दैनिक नेपाल

No comments

Powered by Blogger.