Header Ads

सन्दर्भ पृथ्वी जयन्ती : राष्ट्रनिर्माता शाह किन सबैका साझा हुन सकेनन् ?

काठमाडौं, २७ पुष । पृथ्वी नारायण शाह २९४ औँ स्मृति दिवस मनाइरहँदा राजनीतिको मुल प्रवाहमा उनी वहिष्कृत जस्तै बनेका छन् । आजको सिगों नेपाल बनाउन उनका जति कर्म र रणनीति नेपालमा अर्को वयक्तिले साहेदै गरेका बेला किन पृथ्वी नारायणलाई पनि अन्य राजाहरुका रुपमा हेरिन्छ ? यो प्रश्न आज जनजनको बनीसकेको छ ।
तत्कालीन समयमा विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिंगो नेपाल बनाउन नेतृत्व गरेका थिए । तत्कालीन विस्तारवादी अँग्रेज सामाज्यले समेत शाहको नेतृत्वमा रहेको नेपाललाई जित्न नसकेको इतिहास हाम्रा सामु घाम जत्तिकै छर्लगं रहेका बेला किन आज पृथ्वी सबैका साझा बन्न सकेनन् ? र आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मात्रै औपचारिक रुपमपा उनको सम्झनामा कार्यक्रम गर्दैछ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दिवस उपष्लयमा भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवसका रुपमा समेत आजको दिनलाई मनाउँदैछ । राप्रपा नेपालले आज राजधानीमा चिया पान कार्यक्रमको आयोजना गर्दैछ ।
विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियान नै चलाएका हुन् । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । आज जनस्तरबाट पनि पृथ्वी जयन्ती मनाइदैछ ।

श्रोत - ताजा खबर

No comments

Powered by Blogger.