Header Ads

बाबुरामले नयाँ शक्तिको राष्ट्रिय परिषदको घोषणा गर्दै, करिश्मादेखि गणेश राईसम्म रहने


१० माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषदको घोषणा हुँदैछ । यसलाई वैशाखमा पार्टी घोषणाको तयारीका रुपमा हेरिएको छ ।
भट्टराईले आज विभिन्न पार्टीबाट आएका तथा प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा गर्दैछन् । यसका लागि भट्टराईले पत्रकार सम्मेलन राखेका छन् ।
स्रोतका अनुसार आज नायिका करिश्मा मानन्धर र निर्माता अशोक शर्मा औपचारिक रुपमा नयाँ शक्तिमा आवद्ध हुनेछन् । अभिनेता सरोज खनाल यसअघि नै अभियानमा छन् ।
यसैगरी पूर्व एआईजी गणेश राई पनि नयाँ शक्तिमा लाग्नेछन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गर्नेछन् । पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति नेताहरु पनि नयाँ शक्ति निर्माण अभियानमा छन् ।

श्रोत - अनलाईन खबर

No comments

Powered by Blogger.