Header Ads

झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कार

साहित्यकार झमक घिमिरेलाई लैनसिंह बाङ्देल पुरस्कारद्वारा सम्मानित गरिएको छ । लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकताले झमक घिमिरेको गृह जिल्ला धनकुटा आएर पुरस्कार प्रदान गरेको हो ।
अघिल्लो वर्ष भारतका भाषा विज्ञ साहित्यकार राजनारायण प्रधानलाई दिइएको यो पुरस्कार यसवर्ष साहित्यको तिर्थस्थल झमक घिमिरेलाई प्रदान गरिएको प्रतिष्ठानका मुख्य सचिव विकास कार्कीले जानकारी दिए ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा पुनारावेदन अदालत धनकुटाका मुख्य न्यायधिस प्रकासकुमार ढुंगाना र प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले लैनसिंह बाङ्देल पुरस्कार राशि १० हजार रुपैयाँसहित घिमिरेलाई सम्मान गरेका हुन् ।

श्रोत - ताजा खबर

No comments

Powered by Blogger.