Header Ads

विश्वकै सबैभन्दा धेरै अर्वपति कहाँ ?

फागुन १४ – शक्तिशाली र धनी राष्ट्र बन्न विश्वमा निकै प्रतिस्पर्धा भैरहेको पाइन्छ । आफूलाई अर्को राष्ट्र भन्दा अब्बल र शक्तिशाली बनाउने होडबाजी चलिरहेकै बेला एउटा यस्तो प्रतिवेदन सार्वजनिक भएको छ, जसले विश्वमा सबैभन्दा धेरै अर्वपतिको सूची सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार चीनको राजधानी बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्वपति  बसोबास गर्ने शहर बन्न सफल भएको छ । चीनलाई आधारभूमी बनाएर काम गर्दै आएको संस्था ‘हुरुन’ले निकालेको प्रतिवेदन अनुसार बेइजिङ अमेरिकाको न्यूयोर्कलाई उछिन्दै सबैभन्दा धेरै अर्बपतीको शहर बनेको हो । बेइजिङमा अहिले एक सय जना अर्वपतिहरु बस्दै आएका छन् भने न्यूयोर्कमा ९५ जना मात्रै छन् ।
गएको वर्ष बेइजिङमा ३२ जना नयाँ अर्वपति  थपिएका थिए भने न्यूयोर्कमा चारजना मात्र थपिएका  प्रतिवेदनले जनाएको छ । चीनमा गत बर्ष ९० जना थपिएपछि त्यहाँ अर्वपतिको संख्या ५ सय ६८ पुगेको छ । न्यूयोर्कमा यो संख्या ५ सय ३५ छ । तर शीर्ष दश जनाअर्वपतिको सूचीमा भने अमेरिकीहरुको बर्चश्व कायमै छ ।

श्रोत - उज्यालो अनलाईन

No comments

Powered by Blogger.