Header Ads

घिउकुमारी जुसको १६ फाइदा

घिउकुमारी एक गुणकारी औषधि हो । यसको सेवनबाट वायुजनित रोग तथा पेटको रोगबाट आराम मिल्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचनप्रक्रियामा गुणकारी मानिन्छ ।
औषधिको दुनियामा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसलाई साइलेन्ट हिलर या चमत्कारी औषधि पनि भनिन्छ । यसको २०० भन्दा बढी प्रजाति हुन्छ । तीमध्ये ५ प्रजाति मात्र स्वास्थ्यका लागि लाभकारी हुन्छ । रामायण, बाइबल तथा बेदमा पनि घिउकुमारीको पनि चर्चा गरिएको पाइन्छ ।
– घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ, जसले रगतको कमीलाई पूर्ति गर्छ र रोगप्रतिरोधक क्षमता बढाउछ ।
– घिउकुमारीको पातको रसलाई ३ देखि ४ चम्चा रस बिहान खाली पेटमा खानाले दिनभर शरीर फुर्तिलो रहन्छ ।
– घिउकुमारीको जुस पिउनाले कब्जियतको बिरामी हट्छ ।
– यसले सुगर नियन्त्रण गर्छ ।
– घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।
– यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग एवम पेटको विकार भगाउछ ।
– छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।
– घिउकुमारीको जुसले लामखुट्टेको टोकाईबाट हुने संक्रमणलाई कम गर्न सकिन्छ ।
– रगतलाई शुद्ध बनाउछ, जसबाट हेमोग्लोबिनको कमी पनि पूरा गर्छ ।
– शरीरमा व्हाइटब्लडको संख्या बढाउछ ।
– घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।
– नियमित सेवनले शरीरको जोर्नी दुखाई कम गर्छ ।
– घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गर्न सकिन्छ ।
– कपालका लागि वरदान हो घिउकुमारी
– घिउकुमारीले कपाललाई सुन्दर बनाउने मात्र होइन, जरैदेखि मजबूत बनाउँछ । यसले कपाल झर्न दिदैंन ।
– घिउकुमारीको जुसलाई तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।

श्रोत - NP News

No comments

Powered by Blogger.